बैदेशिक रोजगारीका लागि कुवेत पुगेका चार नेपालीको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन १ गते।

बैदेशिक रोजगारीका लागि कुवेत पुगेका चार नेपालीको मृत्यु भएको छ । बुधबार कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा कार्यरत चार नेपालीको मृत्यु भएको हो ।अरब टाइम्सका अनुसार निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा र ग्राभल खसेर पुरिएका थिए । दुर्घटनामा तीन जना कामदार हराइरहेका छन् ।नेपाली कामदार चिनियाँ कम्पनीमा कार्यरत थिए । ब्लक १, एन फाइभमा काम गर्ने क्रममा उनीहरुमाथि बालुवा र ग्राभल खसेको थियो ।घटनालगत्तै रेस्क्यु सेन्टरका उद्धारकर्ता पुगेर तत्कालै उद्धारको काम सुरु गरेका थिए ।घटनास्थलबाट सातजनाको उद्धार गरिएकोमा ४ जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको पहिचान खुलेको छैन् । गम्भिर अवस्थाका तीन जनालाई जहरा अस्पताल पठाइएको छ ।हराइरहेकाहरुको खोजीकार्य भइरहेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *