शुक्रबार देशैभर महाशिवरात्रीको अवसरमा सार्वजनिक बिदा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन ८ गते।

नेपाल सरकार गृह मन्त्रालयले भोली सार्वजनिक विदा दिने भएको छ । शुक्रबार फागुन ९ गते देशैभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले महाशिवरात्रीमा हरेक वर्ष बिदा दिने गरेको छ ।सेना दिवससमेत पर्ने शिवरात्रीको दिन सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । प्रत्येक वर्ष संघीय सरकारले महाशिवरात्रीमा एक दिने विदा दिँदै आएको छ । महाशिवरात्री सहित सेना दिवस समेत परेकोले सार्वजनिक छुट्टी दिँदै आएको हो । यता, संघीय सरकारकै निर्णय बमोजिम प्रदेश सरकारहरुले पनि विदा दिएको हो । प्रदेश नं. २ सहित अन्य सबै प्रदेश गरी देशैभरि एक दिने सार्वजनिक विदा दिने भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *