मोरङको केराबारीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

अनलाईन न्युजपाटी,बिराटनगर ,समाचारदादाता,फागुन ८ गते।

मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट ६३ वर्षीया लेखमाया गुरुङको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले अनलाईन न्युजपाटीलाई बताए । उनका अनुसार हात्तीले महिलालाई आक्रमण गरेको जानकारी प्रहरीलाई बिहीबार बिहान मात्रै आएको थियो । परिवारका सदस्यले प्रहरीलाई दिएको जानकारी अनुसार लेखमायाँ बुधबार साँझ बारीमा काम गर्न निस्किएकी थिइन्। घर नफर्किएपछि खोजी गर्दै जाने क्रममा राती १२ बजे देब्रे खुट्टा भाँचिएको र शरीरभरी निलडाम भएको घाइते अवस्थामा परिवारका सदस्यले फेला पारेका थिए । तत्काल उपचारका लागि नोबेल शिक्षण अस्पताल ल्याइएकी वृद्धाको उपचारका क्रममा बिहीबार बिहान २ बजे मृत्यु भएको छ। घटना हुनुअघि स्थानीय बासिन्दाले बेलचौरी जंगलमा हात्ती कराएको सुनेका थिए । घटनास्थलको प्रकृति हेर्दा हात्तीको पाइला र हात्तीले खोस्रिएको डोब भेटिएका कारण  वृद्धाको मृत्यु हात्तीकै आक्रमणबाट पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *