भारतमा सवारी दुर्घटनामा परेर ६ जना नेपालीको मृत्यु

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदादाता,फागुन ८ गते।

भारतमा सवारी दुर्घटनामा परेर ६ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । भारतको सलिम–बैंगलुरु राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने ओमालुरमा दुर्घटना भएको जनाइएको छ ।कन्याकुमारीको दर्शन गरेर फर्किएका नेपालीहरु सवार मिनीबस दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ ।कन्याकुमारीबाट फर्किने क्रममा नारिपल्लम भन्ने ठाउँमा एउटा मन्दिर नजिक आराम गर्न रोकिएको बसलाई बैंगलुरुबाट आइरहेको एउटा निजी बसले ठक्कर दिएको जनाइएको छ ।भारतीय प्रहरीले मृतक नेपालमध्ये ३ जनाको पहिचान खुलेको जनाएको छ । जसमध्ये ५६ वर्षीय गोपाल तामाङ, ६ वर्षीय विष्णु दाहाल र ५५ वर्षीय हितसरी चौधरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *