प्रहरीको इन्काउन्टरमा दिल्लीका कुख्यात डन शिव शक्ति नायडू मारिए

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदादाता,फागुन ८ गते।

प्रहरीको इन्काउन्टरमा दिल्लीका कुख्यात डन शिव शक्ति नायडू मारिएका छन् ।भारतको उत्तर प्रदेश मेरठको कङ्करखेडामा प्रहरीले नायडूलाई इन्काउन्टरमा मारेको हो ।प्रहरी र गुण्डाहरूबीच मुठभेडका क्रममा भएको गोली हानाहानका कारण कङ्करखेडामा भागदौड मच्चिएको थियो । आधा घण्टासम्म गोली हानाहान भएपछि प्रहरीले दिल्लीका कुख्याद डन नायडूलाई मारेको हो । प्रहरीले नायडूलाई जिउँदो वा मारेर ल्याउनेलाई १ लाख रुपैयाँको पुरस्कार पनि राखेको थियो ।नायडूको इन्काउन्टरपछि प्रहरीले एक कार्बाइन, एक डबल ब्यारल बन्दुक, भारी मात्रामा कार्ट्रिज र लुटिएको फर्च्युनर एसयूवी कार बरामद गरेको छ जुन नायडूले केही दिनअघि दिल्ली–देहरादून हाइवेमा लुटेका थिए ।एडीजी मेरठ जोन प्रशान्त कुमारका अनुसार कङ्करखेडामा नायडूको लोकेसन पत्ता लागेपछि प्रहरी तत्काल त्यहाँ पुगेको थियो । नायडू त्यहाँ एक घरमा लुकेर बसेका थिए । उक्त घरभित्र छिर्न खोजेपछि प्रहरीमाथि भित्रैबाट गोली चलाइएको थियो ।त्यसपछि प्रहरीले जवाफी फाइरिङ सुरु गरेको थियो । घरको कोठाबाट आवाज आउन बन्द भएपछि प्रहरी भित्र छिरेको थियो । त्यहाँ नायडू गोली लागेर गम्भीर घाइते अवस्थामा भेटिएका थिए । अस्पताल पुर्‍याएपछि उनको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *