जावलाखेलमा जुस स्टोरमा चोरी गरेको आरोपमा सोही पसलमा काम गर्ने कर्मचारी पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन १२ गते।

जावलाखेलमा रहेको पशुपति भिभान्ता नामक जुस स्टोरमा चोरी गरेको आरोपमा सोही पसलमा काम गर्ने कर्मचारी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा खगेन्द्रकुमार थापा छन् ।अनुसन्धानका क्रममा शंकास्पद लागेपछि काठमाडौं–१४, कलंकीस्थित उनको डेरामा खनतलासी लिँदा जस्तामाथि बोराभित्र लुकाएको अवस्थामा २० लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।साथै, घटनास्थलमा प्रयोग भएको छाता, मोबाइल, ज्याकेट लगायत पनि बरामद भएको ललितपुर प्रहरीले जनाएको छ । यसअघि ९ फागुनमा पसलमा चोरी हुँदा ३० लाख रुपैयाँ र केही जिन्सी धनमाल हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *