कलंकीमा सवारी दुर्घटना: ट्रकको ब्रेकफेल भएर ९ वटा सवारीलाई ठक्कर दियो

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,फाल्गुन१३ गते।

कलंकीमा सोमबार साँझ मालवाहक ट्रकले ९ वटा सवारीसाधनलाई ठक्कर दिएको छ।थानकोटबाट कलंकी आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा कलंकी नजिक ढुंगाअड्डाको ओरालोमा ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक, १ स्कोर्पियो, १ ट्याक्सी, १ हात्तीगाडी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो।अनुसार उक्त दुर्घटनामा चितवन टाँडीका शमशेर गुरुङले ज्यान गुमाएका हुन्। दुर्घटनामा घाइतेमध्ये चारको अवस्था गम्भीर छ। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सर्लाही घर भएका ट्रक चालक वीरेन्द्र कुमार साह ट्रकलाई  नियन्त्रणमा लिइएको र थप छानविन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *