अछाममा जीप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते

अनलाईन न्युजपाटी,अछाम,समाचारदादाता,फागुन १३ गते।

अछामको ढकारीबाट मंगलसैनतर्फ जाँदै गरेको जीप कमलबजार नगरपालिका– ६ हात्तिबाँझमा दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मंगलबार करिब १२ बजेतिर से१ज ९१० नम्बरको जीप सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक दिपक भारतीले बताए।घाइतेको अहिले जिल्ला अस्पताल मंगलसैनमा उपचार भइरहेको उनले बताए। तीब्र गति र वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *