कैलालीमा बस र अटो ठोक्किँदा एकजनाको मृत्यु, अन्य चारजना घाइते

अनलाईन न्युजपाटी,धनगढी,समाचारदादाता,चैत १ गते।
 

कैलालीमा बस र अटो ठोक्किदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन्। आज विहान ९ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिकाको चौकीडाँडामा पश्चिमबाट पूर्व तर्फ गईरहेको ना ४ ख ४५२८ नम्वरको बस र विपरित दिशाबाट आईरहेको से १ ह २११४ नम्वरको अटो एकआपसमा ठोक्किदा अटोमा सवार एक जनाको मृत्यु भएको हो भने चार जना घाईते भएका हुन्।दुर्घटनामा परी गोदावरी नगरपालिका वडा नम्वर ६ का ५३ बर्षीय तुले कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गम्भिर घाईते भएका कोलीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।सोही ठाउँका ५० बर्षीय नखरी कोली, २५ बर्षका अर्जुन कोली र २५ बर्षकी दुर्गा कोली घाईते भएका प्रहरी नायव उपरिक्षक बस्नेतले दिनेश खवरलाई बताए। अटो चालक गोदावरी नगरपालिका वडा नम्वर १ विजयनगरका २५ बर्षिय मानवहादुर विक पनि घाईते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *