अनलाईन न्युजपाटी,डडेल्धुरा,समाचारदादाता,चैत २ गते।
डडेल्धुरामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। जिल्ला सदरमुकाम नजिकै शनिबार दिउसो चितुवाले आक्रमण गर्दा अमगढी नगरपालिका–११ का ६८ वर्षीय नरफान सार्की घाइते भएका हुन्। उनी गाउँ नजिकैको वन क्षेत्रमा बाख्रा चराउन गएका थिए। बाख्रा घर ल्याउदै गर्दा दिउँसो करिब अढाई बजेतिर चितुवाले आफुलाई आक्रमण गरेको सार्कीले अनलाईन न्युजपाटीलाई बताए। चितुवाको आक्रमणबाट उनको देब्रे कानमा चोट पुगेको छ। डडेल्धुरा अस्पतालमा उपचारपश्चात उनी घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अनलाईन न्युजपाटीलाई जनाएको छ।