रौतहटको दुधियाभार चौकमा रहेको दाइभाइ इट्टा उद्योग सञ्चालकमाथि कुटपिट

अनलाईन न्युजपाटी,रौतहट,समाचारदादाता,चैत ३ गते।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ स्थित दुधियाभार चौकमा रहेको दाइभाइ इट्टा उद्योग सञ्चालकमाथि कुटपिट हुनुका साथै उद्योगमा तोडफोड भएको छ । 
बाँस, लाठी, घरेलु हातहतियार सहित गएको एक समूहले इट्टा उद्योगका संचालक रामबाबु चौधरीको भाइ मुकेश कुमार चौधरी सहित  ८ जना माथि कुटपिट गरेको बताइएको छ । कुटाइबाट गम्भीर घाइते मुकेश कुमार चौधरीलाई गरुडामा समान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताए । आक्रमणकारीहरुले इट्टा भटामा रहेको एक थान जेसीबी, एक थान टिपर, दुई थान ट्रेकटर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् । दाइभाइ इट्टा उद्योगमा २० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खड्काले बताए ।  घटनामा संग्लग्न रहेको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *