रौतहटबाट पेस्तोलसहित एक जना पक्राउ

अनलाईन न्युजपाटी,रौतहट,समाचारदादाता,चैत ३ गते।

रौतहटबाट पेस्तोलसहित सोमबार एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका-३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्ला रहेका छन् ।बैतुल्लाको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान,  चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउण्ड २ थान बरामद भएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजीतले जानकारी दिए ।सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनलाई यमुनामाई गाउँपालिका-३ राजपुर तुलसीबाट नियन्त्रणमा लिएको उनले बताए ।बरामद गरिएका हतियारसहित बैतुल्लालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *