बाजुराबाट धनगढीका लागि छुटेको बस दुर्घटना

अनलाईन न्युजपाटी,बाजुरा,समाचारदादाता,चैत ९ गते।

बाजुराबाट धनगढीका लागि छुटेको बस दुर्घटनामा परेको छ। धनगढी जादैँ गरेको जय मालिका यातायात प्रालीको बा ३ख ४४१० नम्बरको बस अछामको चौरपाटी गाउँपालिकाको मार्कुमा दुर्घटना हुँदा चालक सहित तीन जना घाईते भएको प्रहरीले जनाएको छ।घाइते हुनेमा कैलाली घर भएका बर्ष ४५ का दखिराम राना, साँफेबगर नगरपालिका ४ मष्टामाण्डौ‍का खेमराज बुढा, बर्ष ४५ की राजुदेवी बोहरा र सहचालक निराजन शाही घाइते भएको जय मालिका यातायात प्रालि प्रधान कार्यालय बाजुराले जनाएको छ ।सामान्य घाइते भएका ३ जनाको अहिले चौरपाटी स्थित स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । बस दिउसो १२ बजेतिर दुर्घटनामा परको बुझिएको छ । गाडी सडकबाट करिब १५ मिटर तल गडामा खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *