काठमाडौंबाट गएको नेपाल एयर लायन्सको जहाज नेपालगन्जमा दुर्घटना

 अनलाईन न्युजपाटी,बाके,समाचारदादाता,चैत १५ गते।

बाँकेको नेपालगन्ज विमानस्थलमा शनिबार नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । कोरोनाभाइरस को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको  हो । विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य रहेकामा उनीहरु सबै सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जहाज अवतरण हुनेबेला चिप्लिएर धावनमार्गबाट बाहिर जालीनेर पुगेको बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *