अनलाईन न्युजपाटी,वीरगंज,समाचारदादाता,चैत १९ गते।
कृष्णा यादब , सशस्त्र प्रहरी बल बिओपी अलौ र नेपाल प्रहरी चौकी ड्राईपोर्टले बिश्वब्यापी महामारी को रुपले फैलिरहेएको नोबेल कोरोना (कोभिन १९) बाट बच्नको लागि वीरगज महानगरपालि भित्र रहेको वडा नम्बर १७ अलौ र वडा २५ मा संयुक्तरुपल टोलको घरमा पुगेर साबुन पानीले पटक पटक हात मिचेर धुने र माक्स सिनिटाईजर प्रयोग गर्नु पर्ने गाडी बाट माईकिङ्ग गरी टोल-टोलमा जनचेतनामूलक कार्यक्रम गर्नु भएको छ।
पर्सा जिल्लाको अलौ नाकामा सशस्त्र प्रहरी बिओपी अलौ र नेपाल प्रहरी श्रिसियाका जवानहरु दिन रात संयुक्त रुपमा खटेएर अलौ नाका देखि कोन्हिया नाका सम्म पुर्णरुपले नेपाल बाट भारत तर्फ जाने नागरिकहरुलाई बन्द गरेको हो भने भारत बाट नेपाल आउने नागरिकहरुलाई सिमानाकामा कडाई गरि पुर्ण रुपले अावत जावत थप गरेको श्रिसिया चौकी का ईन्चार्ज प्रहरी नायब निरीक्षक प्रकाश रावतले बताउनु भयो ।
सशस्त्र प्रहरी बिओपी अलौ नजिक रहेको हुलाकी सडक लाई सरकारकले लागू गरेको लकडाउनको मध्य नजर गरि हुलाकि रोडमा चेकजाँच गरि यति आवशयक सवारी साधन लाईमात्र जानेदिने गरेको प्रहरी निरीक्षक थापाले बताउनु भयो।
त्यसतै महानगरपालिका भित्र रहेका सुगौली बिर्ता तरकारी बजारमा सशस्त्र प्रहरी का जवानहरुले कोरोना भाईरसको मध्य नजर गरि बजारमा भिडभाड नहुनेको लागि ३ फिटको दुरी बनाउने गरि गोलो चिन्ह बनाएर तरकारी बजारमा खु्ल्ला गराएकोले स्थानिय बासिहरु निकैने खुशि रहेको स्थानिय बासी सुरेश कुर्मीले बताउनु भयो।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले दिन रात सिमानाका देखि गाउँ सम्म खटेएर जनचेतनामूलक गराउदै पुर्ण रुपले सिमानाका कडाई गरि पुर्णरुपले थप गरेको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताए।