अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता ,चैत्र ३० गते।
महाशाखाले
हाल देशमा स्थानिय
वायुको प्रभाव रहेको जनाएको
छ ।
महाशाखाका अनुसार हाल देशको
पूर्वी भू–भागमा
सामान्य बदली रहि
बांकी भू–भागमा
मौसम सामान्यतया सफा
रहेको छ । आइतबार दिउँसो देशको
पहाडी भू–भागमा
आंशिक बदली रही
बांकी भू–भागमा
मौसम सामान्यतया सफा
रहने महाशाखाले जारी
मौसम पूर्वानुमानमा उल्लेख
छ ।
अपरान्हपछि पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमानमा जनाइएको छ । राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।