प्रधानमन्त्रीको आग्रह भोलि विहान ८ बजे राष्ट्रिय गान गाऔं, ताली बजाऔं

अनलाईन न्युजपाटी, काठमाडौँ,समाचारदाता,चैत ३० गते।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान अर्थात् नयाँ वर्ष २०७७ को पहिलो दिन विहान ८.०० बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा तालि बजाउने कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ ।
ग्लोबल कम्प्याक्ट नेपालले देश संकटको घडीबाट गुज्रिरहेको बेला अग्रपंक्तिमा रही सेवामा खटिने चिकित्सक, नर्स अत्यावश्यक सेवा प्रदायक कर्मचारी, ढुवानी कर्ता, सरसफाइ कर्मचारी सुपर मार्केटका कर्मचारी एवं नेपाललाई यस विपतबाट जोगाउन कार्यरत सबैको सम्मानमा घरबाटै राष्ट्रिय गान गुञ्जाउन र बजाउन गरेको अनुरोधलाई समर्थन गर्दै सो आग्रह गर्नु भएको हो।
अभियानले राष्ट्रिय धुन पछि एक्यवद्धता स्वरुप तालिबजाएर सम्मान गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले आफ्नो टुवीट मार्फत भन्नुभएको छ, मलाई यो कार्यक्रम राम्रो लाग्यो यस कार्यक्रममा सामेल हुन सबैलाई अग्रह गर्छु ।  सो अभियान आफ्नै घरको कौशी बरण्डा वा झ्यालमा बसेर सो काम गर्न आग्रह गरेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *