जनकपुरधाममा २ जना नोट फाल्ने महिलाहरुको कोरोना रिपोर्ट नेगेटिभ

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, बैशाख ०७ गते।

नोट छरेर भागेको आरोपमा पक्राउ परेकी दुबै महिलामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । प्रादेशिक अस्प्ताल जनकपुरमा पिसिआर प्रविधिबाट भएको परिक्षणमा कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय धनुषा जनाएको छ ।

कोरोना कहरको त्रासकाबीच शुक्रवार दिउँसो जनकपुरस्थित महावीर चोकमा नोट छरेर भागेको अफवाह फैलिएपछि प्रहरीले सिसिटिभी फुटेजको आधारमा दुबै महिलाको पहिचान गरी नियन्त्रणमा लिएर स्वास्थ्य परिक्षणकालागि पठाएको थियो । उक्त घटना को बारेमा आवश्यक अनुसन्धान तथा सोध पुछ गर्दा निजहरुले सो रुपैया बैंकबाट निकाली घर जाने क्रममा बाटोमा खस्न गएको भन्ने बुझिएको छ ।

शनिवार पक्राउ परेकी ती महिला दुवै जना महिलाहरुलाई COVID-19 परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा परिक्षण रिपोर्ट नेगेटीभ आएको व्यहोरा जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *