नेपालगन्ज ४ मा राहत वितरणमा लफडा

अनलाईन न्युजपाटी बाँके ,समाचारदाता, बैशाख ०७  गते।

जावेद अन्सारी,

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ मा राहत वितरण भद्रगोल भएको छ । वडा कार्यालय राहत वितरणमा एक्लौटी गर्दा आइतवार पीडितहरुले प्रदर्शन गरेका छन् । यसअघि उक्त वडामा पीडितहरुले तालाबन्दी गरेका थिए । मानवियता विपरीत वडा कार्यालयले आफन्त र चिनेजानेका तथा पहुँचका आधारमा राहत वितरण गरेको पीडितहरुको भनाइ छ । राहत नपाएकाहरुले आइतवार वडा कार्यालय घेराउ गरेर प्रदर्शन गरेका छन् । वडा कार्यालयले पक्षपात गरेपछि आफुहरु बाध्य भएर लकडाउन समेत उल्लंघन गर्नुपरेको पीडितहरुले बताए ।

डाभित्रका मदताताहरुलाई पहिलो चरणमा राहत वितरण गरेको वडाले आइतवारदेखि घरभाडामा बस्दै आएका नागरिकहरुलाई राहत वितरणको तयारी गरेको थियो । आफ्नै वडाका स्थानीयबासीलाई राहत नदिएको राहत नपाएकाहरुले बताए । राहत वितरणका लागि सुरुमा पीडितहरुले फारम भर्नुपर्छ । वडा कार्यालयले उक्त फोरमको फोटोकपी वाफत समेत रकम असुलेको पीडितहरुले बताए । वडाले फोटोकपी गरेवाफत रु १० लिने गरेको छ । फारममा नागरिकताको फोटो कपी र घरमुलीको फोटो कपी अनिवार्य गरिएको छ ।

बसपार्कमा घरभाडामा बस्दै आएकी जाजरकोटकी लक्ष्मी शाहीले रुदै भनिन्, यो विपद्मा पनि सरकारले अनावश्यक सास्ती दिएको छ । यो विपद्मा मानवियता हेर्नु पर्ने हो, मान्छे भोकभोकै मर्ने वेला भइसक्यो नागरिकता खोजेर हुन्छ ? घरजाउ यातायात चल्दैन, बसेको ठाउँमा स्थानीय सरकारले राहत दिंदै सरकारले हामीलाई भोकभोकै मार्न खोजेको हो, उनले प्रश्न गरिन् । राहत वितरणमा पारदर्शीता नखोजिँदा वडा नम्बर ४ मा दैनिकजस्तो लफडा भइरहेको छ । सरकारले लकडाउन घोषणा गरेको २७ दिन पुगिसक्दा समेत लकडाउन कार्यान्वयन गराउने जनप्रतिनिधि त्यसको उल्लंघन गर्दै राहत वितरणमा उद्धत हुँदा त्यसले कोरोनाको जोखिम समेत बढाएको स्थानीयहरुको आरोप छ । तर वडा कार्यालय भने राहत वितरणलाई प्रभावकारी र पारदर्शीरुपमा वितरण भइरहेको दावी गरेका छन् ।

 उनले सामाजिक दूरी कायम राखेर वितरण भइरहेको दावी समेत गरे । यो महाविप्दीमा सबैको सहकार्य र समन्वयबाटै पीडितहरुलाई राहत उपलब्ध गराउन उनले आव्हान गरेका छन् । यो राजनीतिक गर्ने बेला होइन् उनले आफ्नो बचाउ गर्दै भने, एकपटक तपाई आफै काम गरेर हेर्नुस् राहत वितरण कति गाहे छ । चुनौतिकाबीच पनि आफुले सकेसम्म राहत वितरणलाई प्रभावकारी गराएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *