वीरगंजका युवा नेता राजेशमान सिंहको पहलमा वीरगंज महानगरपालिका भित्र रहेको सम्पूर्ण वडामा सेनटाईजर गर्दै

अनलाईन न्युजपाटी कृष्णा यादब वीरगंज,समाचारदाता, बैशाख ०७  गते।

विश्वब्यापिक रुपले फैलिरहेको (कोभिड – १९) नोबेल कोरोना भाईरस संग नगरवासिलाई सुरक्षित रहनको लागि युवा नेता सिंहको पहलमा साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले बीरगंजमा सेनटाईजर गर्दै र क्वारेन्टाइनमा रहेकाहरुलाई निशुल्क रुपमा खाना  खुवाउदै आएको छ । वीरगंजको कलवार धर्मशाला र सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा रहेकाहरुको लागि प्रत्येक दिन नि:शुल्क रुपमा खाना वितरण गर्दै आइएको साहिब दरबार सेवा संस्थानका अध्यक्ष राजेशमा सिंहले वताउनु भयो ।

वीरगंजको क्लवार धर्मशलाको क्वारेन्टाइनमा (शुक्रबार) सम्म खाना वितरण गरिएको र आज २३ औं दिन पनि सिदार्थ माविको क्वारेन्टाइनमा रहेको ४३ जनालाई खाना वितरण गरिएको अध्यक्ष सिंहले वताउनु भयो ।राजपाका महासचिव एवम् पर्सा जिल्ला अध्यक्ष समेत रहेका सिंहका अनुसार संस्थाले क्वारेन्टाइनमा रहेकाहरुको लागि प्रत्येक दिन विहानको खाना वितरण गर्दै आएको छ ।

यसका साथै वीरगंजमा रहेका विभिन्न रिक्सा खारेजहरुमा समेत संस्थाले खाना वितरण गर्दै आएकोछ । आज (शनिबार) पनि वीरगंजको घण्टाघर र नगवा स्थित रिक्सा खारेजहरुमा १ सय १० प्याकेट खाना वितरण गरिएको संस्थाको अध्यक्ष सिंहले बताउनु भयो।

यस्तै संस्थाले कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट बाच्न वीरगंजको ३ ठाउँमा सेनिटाइजिंग बूथ लगाएको छ । वीरगंज स्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय चिनिमिलमा सेनिटाइजिंग बूथ संस्थाले जडान गरेको हो।

त्यसतै आफ्नो नगरबासिलाई सुरक्षित राख्नुको लागि महानगरपालिा भित्र रहेको विभिन्न वडामा सेन्टाईजिङ गर्नै र दिन्हु ज्यालादारी गरि खानेहरुलाई राहत बितरण गर्ने हाम्रो सस्था निर्न्तर अगाडी रहेको युवा नेता सिंहले बताए। सेन्टाईजिङ र खाना वितरणमा संस्थाका सदस्यहरू जयप्रकाश महतो, राजेश सिंह, निराजन अधिकारी, अफरोज आलम, जियाउलहक, अमीत यादब, बिष्णु पटेल, संजिब यादब , लगायतको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *