कपिलवस्तुको बहादुरगंजमा कडा बन्यो लकडाउन,चेकजाँचमा खटे प्रहरी प्रमुखहरु

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा कपिलवस्तु ,समाचारदाता, बैशाख १७ गते

नेपाल सरकारले जारी गरेको लक डाउन कपिलवस्तुको बहादुरगंजमा आजदेखि निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनमा यसरी सवारीसाधन र यात्रुलाई आवागमनमा निकै निगरानी गरिएको छ । निगरानी गर्न इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल , इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक अभय रावत र ट्राफिक हवलदार सरद केसी सहितको टोलीले आफै सडकमा खटी ड्युटी गरेका छन ।

बहादुरगंज क्षेत्रमा लक डाउन झनै कडा बन्दै गएको भन्न सकिन्छ । दैनिक अत्यावश्यक खाद्य प्रयोजनका ढुवानीका मालबाहक गाडीहरु सवारी अनुमतिकाे पास भएकालाई मात्रै जान दिइएको र पास नभएका सवारीसाधनहरुलाई रोकेर केही समयपश्चात् अब उप्रान्त पास बनाएर मात्र गाडी चलाउन सम्बन्धित सवारीसाधन चालकलाई निर्देशन गरिएको थियो । बिना पास चलेका मोटरसाइकल / गाडीलाई नियंत्रणमा लिएर निर्देशन दिइएको र उप्रान्त भेटिएमा जुर्माना काटने इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक अभय रावतले जानकारी दिनुभएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *