अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख २६ गते
शुक्रबार नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सहित मुलुकमा संक्रमितको संख्या १०२ पुगेको छ। जसमा पुरुषको संख्या ७४ छ भने २८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।