के काठमाडौँ कोरोना भाइरसको उच्च सङ्क्रमणको जोखिममा पर्छ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख ३० गते

लकडाउन केही खुकुलो पारेर केही सवारीसाधन सञ्चालन गर्न दिइएको पहिलो दिन आइतवार सडकमा आवागमन अचानक बाक्लियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी अधिकारीहरूका अनुसार कम प्राथमिकताका कामका लागि पनि मानिसहरू बाहिर निस्किन थालेका छन्।

के काठमाडौँ उपत्यका जोखिमबाट मुक्त भएको हो त? देशका विभिन्न स्थानमा कोभिड-१९ भएका व्यक्ति पत्ता लागिरहेको बेला काठमाडौँ सुरक्षित नभएको विज्ञहरूको भनाइ छ। स्वास्थ्य सेवा विभागका एक बिज्ञका अनुसार अनुसार काठमाडौँ उपत्यका उच्च जोखिमको सूचीमा छ।

सरकारले आन्तरिक रूपमा रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको छ।बिज्ञ भन्छन्, “काठमाडौँ अहिले पनि रेड जोनमा छ।” जनसङ्ख्याको अनुपातमा काठमाडौँ उपत्यकामा सङ्क्रमण निकै कममा देखिएको छ। तर ‘मानिसहरूको आवागमन बाक्लो भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले’ उपत्यकालाई उच्च जोखिममा राखिएको स्वास्थ्य सेवा विभागका बिज्ञले जानकारी दिए।

त्यसैले सार्वजनिक सवारी साधन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द नै रहनेछन्। काठमाडौँ उपत्यकामा बाहिरबाट मानिसहरू नआऊन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरू बताउँछन्। काठमाडौँ उपत्यकामा बाहिरबाट मानिसहरू नआउन सकुन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *