अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ८ गते
अंपुन (AMPHAN) नामाङ्कण गरिएको चक्रवात शुरुमा बंगालको खाडीमा विकसित भएको न्यूनचापिय मौसम प्रणाली १६ मे, २०२० साँझ चक्रवातमा विकसित भएको थियो। उक्त चक्रवात शुरुमा उत्तर उत्तर पश्चिम(NNW) दिशातर्फबाट अगाडि बढदै गरेकोमा पछि उत्तरउत्तरपूर्व (NNE) तर्फ अगाडि बढिरहेको छ। यो चक्रवात लगातार उत्तरउत्तरपूर्व (NNE) तर्फ लाग्ने देखीयको छ।

अनुमानित चक्रवाती हावाको अधिकतम गति 1७०-1९० कि.मि/घन्टाले वेस्ट वंगाल र वंगलादेशको तटीय क्षेत्र पारगरि अगाडि बडी सकेको छ र लगातार उत्तरउत्तरपूर्व (NNE) तर्फ लागेको छ।अंपुन नामको चक्रवात वेस्ट वंगाल र वंगलादेशको तटीय क्षेत्र पार गरि लगातार उत्तरउत्तरपूर्व (NNE) तर्फ अगाडि बढिरहेको छ। त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर पूर्वी दिशातर्फ मोडिने संभावना छ।
नेपालको सन्दर्भमा अंपुन (AMPHAN) चक्रवातको प्रत्यक्ष प्रभाव नरहेपनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्व र मध्य क्षेत्रको केहि स्थान प्रभावित भइ आगामी २ दिन सम्म केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने छ भने पूर्व र मध्य क्षेत्रमा खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरी हुने सक्ने भएकोले सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।