थप नया १७० जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२१२ र कोरोनाबाट मृत्युको संख्या ६ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १६ गते

आज थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । मृतक संख्या ६ पुगेको छ । भारतबाट जेठ १० गते नेपाल आउनुभएका मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकाका ३५ वर्षीय पुरुष हुन् । जेठ ११ गते उहाँको स्वाब संकलन गरेकोमा आज मृत्यु पर्यन्त कोरोना पोजेटिभ आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *