नेपाल थप नया १७० जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२१२

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १६ गते

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । बिभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा  १७० मध्ये पुरुष १६५ र महिल ५ जना हुन्।

बिभिन्न प्रयोगशालाबाट रिपोर्टको अनुसार झापाबाट २८   जना उमेर समुह १८ देखी ५४ बर्ष पुरुष, सप्तरीबाट ४ जना उमेर समुह २० देखि २६ बर्षका  पुरुष, बारा ४ जना उमेर समुह २७  देखि ४५  बर्षका  पुरुष, पर्साबाट ५  जना उमेर समुह २१   देखि ४२ बर्षका  पुरुष, बाँके बाट १० जना उमेर समुह १७    देखि ४१ बर्षका  पुरुष, सर्लाहीबाट ५  जना   दुई महिला सहित तिन पुरुष उमेर समुह १९ देखि ३१ बर्षका  हुन्।

कपिलबस्तुको बिभिन्न  स्थान बाट ५१ पुरुष  उमेर समुह सात बर्षीय बालक सहित ५०   बर्षका पुरुष , दाङ्गबाट २  जना उमेर समुह २८ र ४१ बर्षका  पुरुष, रुपन्देहीबाट १ जना २७  बर्षका पुरुष, रौतहट बाट ५६  जना  दुई महिला सहित ५४ पुरुष उमेर समुह २२ देखि ७० बर्षका, मयाग्दी बाट १  जना  ३०  बर्षका  पुरुष, र नबलपरासीबाट २  जना उमेर समुह १९  र २१  बर्षका  पुरुष हुन्।

नेपालको संक्रमितजिल्ला ५२ र कुल संक्रमित मध्ये  १००३ पुरुष र १०९ महिला  संक्रमित भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *