थप १३ जनामा कोरोना पुष्टि, कुल संक्रमित सङ्ख्या १८११ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ १९ गते

पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या एक हजार ८११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिनुभयो ।

नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *