भिस्वा बन्जारिबाट मोटरसाइकलको टयांकीमा लुकाई ल्याएको २२ लाख ४८ हजार रुपैयाँ सहित एक युवक पक्राउ

अनलाईन न्युजपाटी  सन्जु छत्कुली, बीरगन्ज समाचारदाता जेठ २२ गते

सशस्त्र प्रहरीले बिहीबार बिहान मोटरसाइकलको टयांकिमा लुकाई छुपाई ल्याउदै गरेको रुपैयाँ पक्राउ गरेको छ । साथै श्रोत नखुलेको ठूलो रकमसहित १ युवक र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा भिस्वा बन्जारीमा साहको मोटरसाइकल रोकि चेक गर्दा मोटसाइकलको ट्यांकीमा फल्स बटम बनाई नोटहरु राखी लयाउदा बरामद भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीले बताए ।

भिस्वाबाट आफ्नो गाउँ भौराटार आउदै गर्दा साह सवार रहेको ना ४३ प ८०२ नंबरको मोटरसाइकल भिस्वा बन्जारिमा सस्त्र प्रहरीले चेकजाँच गर्दा २२ लाख ४८ हजार रुपैया बरमद भएको छ।

क्राउ परेका रकमको श्रोत साहले खुलाउन नसकेकोले साहलाई रकम र मोटरसाइकल सहित नियन्त्रणमा लिई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको सशस्त्र प्रहरी निरीक्षक पराजुलीले बताएछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *