अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २८ गते
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा रौतहटका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा सङ्क्रमित सङ्ख्या ४३६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

बुधबार रौतहटमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५३ जनामा एक जना महिला सहित ५२ जना पुरुष हुनुहुन्छ। संक्रमित हुनेमा गौरका २३, इशनाथका १४, राजपुरका १४ र कटहरियाका २ जना छन् ।कुल नेपालमा ४०५५ जना पुरुष र ३०९ जना महिला सङ्क्रमित भएका छन् ।