कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु

अनलाईन न्युजपाटी ,कैलाली,समाचारदाता, जेठ ३१ गते।

कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने बुबा गम्भीर घाईते भएका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा से ६ प ३३८९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा दुई वर्षीया जेनिसा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाईते भएकी बालिकाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बताए ।

दुर्घटनामा परी बालिकाका बुबा समेत रहेका चालक ३० वर्षीय ज्ञानेन्द्र खड्का गम्भीर घाईते भएका छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *