पर्वतको कुश्मामा गए राती गएको पहिरोमा परेर पाँच जनाको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ ३२ गते।

पर्वतको कुश्मा नगरपालिका –३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । 

मृत्यु हुनेमा ५५ वर्षीय तुलबहादुर थापा, ५१ वर्षीय मिनकुमारी थापा, ८ वर्षीया विवसा थापा, ३० वर्षीया दिपा थापा र ३५ वर्षीया कमला बिक छन् ।

घटनामा थप चार जना बेपत्ता छन् । बेपत्ता हुनेमा १४ वर्षीय सम्राट थापा, १६ वर्षीय विवेक थापा, १३ वर्षीय जेनिस बिक र ७ वर्षीय प्रनिस बिक छन् ।

बेपत्ताको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । सशस्त्र प्रहरी बलको २५ नम्बर चण्डिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शुसान्त थापाको टोली घटनास्थलमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *