कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

अनलाईन न्युजपाटी ,कर्णाली,समाचारदाता, जेठ ३२ गते।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै कर्णाली प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या ९६७ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ३७ जना दैलेखका र १५ जना सुर्खेतका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *