सप्तरीमा जग्गाको बिषय लिएर विवाद हुदा कुटपिटमा दुई जना घाइते

अनलाईन न्युजपाटी ,सप्तरी,समाचारदाता, असार १  गते।

सप्तरीको महदेवा गाउँपालिकामा  जग्गाको बिषय लिएर विवाद हुदा कुटपिटमा दुई जना घाइते भएका छन् ।सप्तरीको महादेवा गाउपालिका वाड नं. १ पकरी बस्ने कालीचरण यादव र उनकै भाउजु अरहुलीया देवी यादवलाइ छिमेकीले कुटपिट गर्दा सख्त धाइते भइ गजेनद्र नारायण सिंह अस्पताल भर्ना भएका हुन् ।

पीडित यादवका अनुसार घर अगाडी रहेको ऐलानी जग्गाको बिषय लिएर विवाद बढ्दा महादेवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव, उनका भाइ श्री प्रसाद यादव, इन्द्रदेव यादव, रामविलास यादव, भतिजा कृष्ण कुमार यादव र बुबा बेचन यादव लगायतले बासको भठ्ठाले कुटपिट गर्दा सख्त घाइते भएको जानकारी दिएका छन् । 
 

सो घटनामा महादेवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव आफु संलग्न नरहेको दाबी गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *