अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ४ गते
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा न ४ कैलाली का ४६ बर्सिय पुरुष सेती अस्पताल मा उपचार को क्रम मा मृत्यु भएको छ भने लम्किचुवा २ कैलाली कै ४३ बर्सिय महिलाको पनि उपचार को क्रम मा मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिनु भएको हो ।