बालिका बिक्री गरेको आरोपमा दुईजना पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार ७ गते।

नेपाली बालिकालाई भारतको डान्सबारमा पुर्‍याउने इटहरीका २२ बर्षिय कृष्ण मगर र सिन्धुपाल्चोकमा प्रविण तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेर भारतमा बिक्री गरेको भन्ने सूचनाका आधारमा खोजतलास तथा उद्धार गर्ने क्रममा भारतको रसलपुरबाट ३० जेठमा भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्धार गरिएरेको थियो ।

उनीहरुले बालिकालाई गत ११ फागुनमा काठमाडौँबाट सुनौली हुँदै भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पुर्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *