अनलाईन न्युजपाटी ,धनगढी,समाचारदाता, असार ९ गते।
बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट दुई वटा बाघको छाला सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही नगरपालिका ६ का स्थानीय तीन जनालाई गोप्य सूचनाका आधारमा जंगली जनावरको चोरी सिकारी र पैठारी गर्ने गरेको खवरपछि ल्याउन लागेको प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए ।
उनीहरुले लुकाएर राखेको अवस्थामा बाघको छाला दुई वटा, हड्डी र भालुको पित्त समेत बरामद गरेको छ । छाला तस्करी गर्ने तीनै जनाको अनुसन्धान गरी चोरी सिकारी तथा पैठारी सम्बन्धीको ऐन अनुसार कानुनी कारबाही गर्ने प्रहरी प्रवक्ता रोकायाले बताए ।
उनले दिएको जानकारी अनुसार सुराकीको आधारमा तीन जना जंगली जनावर मारेर छाला हड्डी लगायतका बहुमुल्य चीजहरु पैठारी गर्ने गरेकोले प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागेको प्रवक्ता रोकायाले बताए ।