अनलाईन न्युजपाटी ,कर्णाली,समाचारदाता, असार ९ गते।
कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेसनमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मङ्गलबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
ती व्यक्तिमा यही असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ।