कैलालीमा कार्यरत इन्स्पेक्टर र एक कानुन व्यवसायी घुससहित रंगेहात पक्राउ

अनलाईन न्युजपाटी ,कैलाली,समाचारदाता, असार १२ गते।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्स्पेक्टर र एक कानुन व्यवसायी घुससहित पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका निमित्त कार्यालय प्रमुख महेश पाण्डेयले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दा घुस लेनदेन प्रमाणित भएको बताए।


जवरजस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाईदिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिएको सूचना अधिकारी विष्टले बताए। कानुन व्यवसायी विष्टले बिचौलीयाको भूमीका खेलेको र घुस रकम बुझ्न प्रहरी निरिक्षक विष्ट पनि कानुन व्यवसायीको कार्यालयमा आएको समयमा पक्राउ गरिएको विष्टले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *