गण्डकी प्रदेशमा फेरी थपिए २५ जना नयाँ कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,पोखरा,समाचारदाता, असार १२ गते।

गण्डकी प्रदेशमा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपुरका २३ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

 गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । 

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले शुक्रबार बिहान विज्ञप्तिमार्फत जनाएको छ । संक्रमितमध्ये १ सय १ जना निको भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *