अनलाईन न्युजपाटी ,पोखरा, समाचारदाता, असार १३ गते।
गण्डकी प्रदेशमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान प्रकाशित गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमित हुनेमा स्याङ्जाका २२ जना, बागलुङका ८ जना र नवलपरासी पुर्वका २ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८३८ पुगेको निर्देशनालयले जनाएको छ ।