अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार १४ गते
हाल देशभर मनसुनी दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित वायुको प्रभाव रहेको छ। साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । हाल देशमा सामान्य बदली रहेको छ र देशभर केही स्थानहरुमा वर्षा भईरहेको छ।
आइतबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
आइतबार राती देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेश का एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

सोमबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ , प्रदेश २ तथा बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
सोमबार राती देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ , गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
मंगलबार दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
मंगलबार राती देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका का एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
देशभर धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित भारी वर्षा (Heavy Rain) को समेत संभावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल ,पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।