अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार १५ गते
सोमबार देशभर १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने भएको छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने तयारी गरेको छ ।
सोमबार बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुने कार्यक्रममा कोभिड–१९ को कारणले त्यति धुमधामका साथ नमनाउने भए पनि समाजिक दूरी कामय गरी कार्यक्रम गर्ने उहाँले बताउनुभयो । नेपाल सरकारको निर्णयबमोजिम बढीमा २५ जनासम्म मात्र भेला भएर महोत्सव मनाउने बताउँदै उहाँले २५ जनाभन्दा बढी भएमा न्यूनतम सामाजिक दूरी (६ फिट) कायम हुने गरी ससाना उपसमूहमा रहेर रोपाइँ महोत्सव मनाउने सहभागी हुनेले जानकारी दिनुभयो ।