गण्डकी प्रदेशमा ६ जिल्लाबाट थपिए २८ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,पोखरा,समाचारदाता, असार १७ गते।

गण्डकी प्रदेशमा बुधबार २८ जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९४ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा छ जिल्लामा २८ जनामा बुधबार बिहान कोरोना पुष्टि भएको हो ।

नवलपुरमा १० पुरुष र दुई जना महिलासहित १२ जना, गोर्खामा एक महिला दुई पुरुष गरी तीन जना, कास्कीमा एक पुरुष, स्याङजामा तीन महिला र पाँच पुरुष गरी आठ जना, बाग्लुङमा तीन महिला र तनहुँमा एक महिलामा कोरोना पुष्टि भएको छ ।

सबै सङ्क्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *