नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार १७ गते।

नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अछामस्थित होम क्वारेन्टिमा बसिरहेको अवस्थामा मृत्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । मधुमेहका बिरामी भई नियमित औषधि सेवन गरिरहेका उनको यही असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *