अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असार २१ गते।
काठमाण्डौको नयाँ बसपार्कस्थित ग्यारेजभित्र १२ वटा माइक्रोबस आगोलागीमा जलेको अवस्थामा भेटिएको छ ।
गएराति एकैठाउँमा रोकेर राखेको १२ वटा माइक्रोबसमा आगलागी भएको प्रहरीले पुष्टि गरेको हो ।
प्रहरीका अनुसार बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको छ । यस्तै बा २ क २०८०, बा १ ज ९६०६, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
नयाँ बसपार्क क्षेत्रमा रहेको ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा माइक्रोबस पूर्ण रुपमा जलेको र ४ वटा माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले बताएको छ । आगलागीको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।