प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुङ्गा प्रहार

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १९  गते

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि बुटवलमा ढुङ्गा प्रहार भएको छ।

आइतबार साँझ काठमाडौंबाट बुटवल आउँदै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।

मुख्यमन्त्री पोखरेललाई नै ताकेर ढुंगा प्रहार भएको बताइएको छ । घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, स्थिति साम्य पार्न प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको थियो । हाल घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आक्रमणबाट मुख्यमन्त्री पोखरेललाई केही भएको छैन भने गाडीमा भने क्षति भएको बताइएको छ । योजनावद्द ढंगले मुख्यमन्त्री पोखरेललाई निशाना बनाएर ढुंगा हानिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *