अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १९ गते
तमन्ना भाटियालाई कोरोना पोजेटिभ देखिएको छ । एक वेब सिरिजको शूटिङका दौरानमा उनमा कोरोना संक्रमण भएको हो । कोरोनाका लक्षण देखिएपछि उनी हैदरावादको एक अस्पतालमा भर्ना भएकी छिन् ।

यसअघि तमन्नाको बुबाआमामा पनि कोरोना संक्रमण देखिएको थियो । यसको जानकारी तमन्नाले सामाजिक सञ्जालमार्फत दिएकी थिइन् ।
हामी सबैले सावधानी अपनाइरहेका छौं। मलाई सहित मेरो बाँकी परिवारको कोरोना परीक्षण नकारात्मक छ। भगवानको कृपाले तिनीहरू ठीक छन् र तपाईं सबैको प्रेम र आशीर्वादले उनीहरूलाई सकेसम्म चाँडो निको हुन मद्दत गर्दछ।
शूटिङका दौरान तमन्नाले कोरोना परीक्षण गराएकी थिइन् । उनमा कोरोना पोजेटिभ देखिएको थियो ।