राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ३० गते

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले ट्वीट गर्दै पीसीआर परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको बताउनुभएको छ ।

कोरोना महामारीबाट बच्न सवाधानी र सतर्कता राखेकै अवस्थामा सामान्य ठाउको दुखेपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभएको छ । उहाँले पछिल्लो समय भेटघाट गरेको सबैमा स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभएको छ ।

कमल थापा होम आइसोलेसनमै बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *