सालकको खपटा बिक्री गर्न ग्राहक खोज्दै हिड्ने तीन जना भक्तपुरबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ३० गते

भक्तपुर नगरपालिका–९ च्याम्हसिंहबाट सालकको खपटा बिक्री गर्न ग्राहक खोज्दै हिड्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट पाँच किलो ३०० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपटासहित तीन जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाएको छ ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–९ घरभई काठमाडौं गौशाला बस्ने २३ वर्षीय कपिल बस्नेत, रामेछाप दोरम्वा गाउँपालिका–५ बस्ने ४५ वर्षीय लाल तामाङ र भक्तपुर नगरपालिका–९ बस्ने रामेछाप सुनापति गाउँपालिका–४ का ३० वर्षीय ज्ञान बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *