विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज ३० गते

विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजार ४२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख मानिस संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ५२ हजार २३७ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ९३ लाख ७० हजार ४९२ निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४१ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *